" ड्यामक्लिजको तरबार" वहुचर्चित र साहित्यमा धेरै ठाँउमा प्रयुक्त विम्व
हो । ड्यामक्लिज ई.पू. चौथो शाव्तादीका सिसिलीका राजा डायनिसस - २ को
दरवारिया भारदार हो । राजाको चाकरीमा उपस्थित हुने र उनको वैभवको गुणगान ,
स्तुति वा प्रशस्ति उसको दैनिकी थियो । सत्ता र शक्तिमा वस्ने मान्छेले
कसरी निरन्तर संकट र जोखिम मोलेको हुन्छ भन्ने प्रत्यक्ष अनुभूति
गराउने बिचारले राजाले अल्प समयको लागि उ संग आफ्नो पद साट्ने अनौठो
प्रस्ताव गरे । ड्यामक्लिज उत्साहित हुँदै शिंहासनमा बस्न गयो भने राजा
भारदारको सिटमा । राजसी खान- पान, सुख सुविधा र ऐश्वर्यले उसलाई स्वर्गीय
अनुभूति हुँदै थियो । तर जब शिंहासन (?)को माथि ठीक उसको टाउकोमाथि पर्ने
गरी घोडाको पुच्छरको एउटै मात्र रौँ को सहारामा झुण्डिरहेको बडेमाको
खड्गमा आँखा परे उसको हंसले ठाउँ छोड्यो । उसलाई १ मिनेट पनि भारी भयो र
तुरुन्ता तुरुन्तै उसले राजपाट राजालाइनै फिर्ता गर्यो ।

