Wednesday, March 23, 2016
Sunday, February 14, 2016
(चिनियाँ लोककथा) मालियाङ र उसको जादुगरी बुरुस
चिनियाँ लोककथा
मालियाङ र उसको जादुगरी बुरुस
(हान जातिको एक कथा)
अनुवादक– पूर्णबहादुर एम. ए.
संक्षेपिकरण– सरण राई
कुनै बखत बालककालमा नै टुहुरा भएको मालियाङ नाँउको एउटा केटो थियो । ऊ दाउरा बेचेर र घाँस काटेर जिविका चलाउथ्यो । केटो चलाख थियो र चित्रकला सिक्न चाहन्थ्यो । तर बुरुस किन्ने उसको सामथ्र्य थिएन ।
एकदिन उसले स्कुलमा मास्टरले चित्र लेखिरहेको देख्यो । मुग्ध भएर उसले बुरुस माग्यो तब मास्टरले “भिखारीले पनि चित्र लेख्छ ?” भन्दै उसलाई धपायो । तर मालियाङको चित्र लेख्न सिक्ने इच्छा तीव्र थियो । “गरिब भएँ भन्दैमा मैले चित्र लेख्न सिक्न किन नपाउने ?” मनमनै उसले प्रश्न ग¥यो ।
उसले चित्र लेख्ने सङ्कल्प ग¥यो र अभ्यास गर्न थाल्यो । दाउरा जम्मा गर्दा हाँगाले बालुवामा चराहरू कोर्ने गथ्र्यो । पानीमा औला चोपेर ढुङ्गामा माछाहरू कोर्ने गथ्र्यो । पर्खालहरूमा पनि ऊ चित्रहरू लेख्ने गथ्र्यो ।
समय बित्दै गयो । मालियाङले चित्र लेख्ने अभ्यास प्रत्येक दिन गर्ने गरेकोले चाडै उन्नति ग¥यो । उसले कोरेका चित्रहरू चरा, माछा जिउदैजस्ता लाग्थे । यस्तो देखेर मानिसहरू धेरै प्रभावित हुन्थे । तर ऊसँग बुरुस थिएन र सोच्दथ्यो— “बुरुस भए म कति सुखी हुने थिएँ ।”
एक रात मालियाङलाई सपनामा सेतो दाह्री भएको एक जना बुढो मानिसले एउटा बुरुस दियो र भन्यो— “यो जादुगरी बुरुस हो, होसियारीसाथ प्रयोग गर्नु ।” केटो झसङ्ग बिउझ्यो । ‘यो सपना हो’ भन्ने सम्झिरहेको बेला उसको हातमा त्यो जादुगरी बुरुस थियो र ऊ आश्चर्यमा मग्न भयो ।
उसले त्यस बुरुसले चराको चित्र लेख्यो । चित्रको चरा आकाशतर्फ उडदै गएर उसलाई गाएर सुनाउन थाल्यो । माछा लेख्यो, माछा पुच्छर हल्लाउदै नदिभित्र पसेर खेल्न थाल्यो । मालियाङ अत्यन्त आनन्दले सिरिङ्ग भयो ।
केटो मालियाङ आफ्नो जादुगरी बुरुसले गाँउका गरिबहरूका लागि हलो, कोदालो, डिबिया, बत्ती, बाल्टी इत्यादी लेखि दिने गथ्र्यो ।
मालियाङसित भएको जादुगरी बुरुसको बारेमा जमिनदारले थाहा पाएर उसलाइै पक्रेर लग्यो र आफ्ना लागि चित्र कोर्न लगायो तर उसले मानेन । नमानेकोले उसलाई एउटा तबेलामा थुनेर धेरै दिन भोकभोकै राख्यो । हिउँ पर्न थाल्यो,जाडो र भोकले मालियाङ मरि सक्यो होला भन्ने सोचेर जमिनदार उसलार्इ हेर्न गयो तर मालियाङ टूलो अगेनुमा रोटी सेक्दै खाईरहेको थियो । जमिनदारले सोच्यो कि उसले चित्र लेखेको हुनु पर्छ । त्यस पछि जमिनदारले मालियाङलाई मारेर उसको जादुगरी बुरुस खोसेर ल्याउन मानिसहरू पठायो तर त्यहाँ मालियाङ थिएन । एउटा भरेङको चित्र थियो । जमिनदार भरेङ चढेर पिछा गर्न थाल्यो तर तेस्रो सिँढी चढ्दा भरेङ बिलायो र जमिनदार जमिनमा पछारियो ।
मालियाङ अब त्यस गाँउमा लुकेर बस्न सक्दैनथ्यो । उसले एउटा घोडाको चित्र लेख्यो र त्यही घोडामा चढेर भाग्दा जमिनदार र अरु बीस जनाले पछ्याउन थाल्यो । मालियाङले जादुगरी बुरुसले धनुष र तीर लेख्यो । तीरलाई धनुषमा लगाएर हान्यो । तीर जमिनदारको घाँटीमा लाग्ने बित्तिकै जमिनदार घोडाबाट खस्यो । मालियाङ भाग्न सफल भयो ।
मालियाङ धेरै टाढा गएर एउटा सहरमा बस्न थाल्यो । सहरमा काम पाउन नसकेकोले चित्रहरू लेखेर बजारमा बेच्थ्यो । उसको बारेमा कसैले थाहा नपाओस् भनेर उसले लेखेका चित्रहरूका चराहरू अङ्गभङ्ग हुन्थ्यो । कसैको खुट्टो हुन्नथ्यो भने कसैको आँखा वा चुच्चो । यसो हुँदा ती सजीव हुँदैनथे ।
एक दिन आँखा नभएको सारस लेखिसकेपछि टाउकोमा मसीका थोप्लाहरू छर्किदा आँखा नभएको ठाँउमा पर्न गयो । यति हुने बित्तिकै सारस उडेर गयो । तुरुन्तै सारा सहरमा होहल्ला मच्चियो । बादशाहकहाँ पनि यो खबर पुग्यो । खबर सुन्नासाथ बादशाहले मालियाङलाई लिएर आउन अफिसरहरू पठायो ।
बदशाहको निर्दयी व्यवहारबारे उसले सुनिसकेको थियो र उसका लागि चित्र लेख्न ऊ राजी थिएन । त्यसकारण बादशाहले नागराजको चित्र लेख्न र फिनिक्स(मुजुर)को चित्र लेख्न हुकुम दिँदा घिनलाग्दो बिषालु भ्यागुता र फोहोरी कुखुरा लेखि दियो । बिषालु भ्यागुता र फोहोरी कुखुराले दरबार वरीपरि घुमेर फोहोर पारेकोले बादशाह रिसायो । मालियाङलाई उसको जादुगरी बुरुस खोसेर झ्यालखानामा कैद ग¥यो ।
बदशाहले जादुगरी बुरुसले सुनको पहाडहरू लेख्यो तर ती सुनका पहाड नभई ढुङ्गाको थुप्रो भयो । त्यो भत्केर लड्दा बाखशाहको खुट्टा किच्यो ।
तैपनि लोभमा परेका बादशाहले सुनको इँटहरू लेख्यो । त्यसले चित्त नबुझेर सुनको लामो डन्डी लेख्यो । तर चित्र लेखिसकेपछि तिम्रो विचारमा त्यहाँ के भयो होला ? सुनको डन्डी त लामो सर्प भएर मुख आ गरेर बाशाहलाई खान झम्टन थाल्यो । भाग्यवश अफिसरहरूले उसलाई बचाए ।
बादशाहले अब जादुगरी बुरुस प्रयोग गर्नु हुँदैन भन्ने महसुस ग¥यो । मालियाङलाई झ्यालखानाबाट मुक्त गरेर सुन–चाँदी दिई राम्रो बोली गर्दै राजकुमारी पनि दिने बाचा गरेर चित्र कोर्न फकायो ।
मालियाङले पनि मानेको जस्तो ग¥यो तर उसले मनमनै आफ्नो योजना बनाइ सकेको थियो । बादशाह सोच्न लाग्यो— “उसले पहाड लेख्यो भने जङ्गली जानवरहरू निस्कन सक्छन् । बरु समुद्र लेख्नु जाती छ ।”
यसकारण मालियाङलाई समुद्र लेख्न अह्रायो । मालियाङले जादुगरी बुरुसले समुद्र लेख्यो । एक अपार सफा समुद्र देखा प¥यो । बादशाहले भन्यो—“यस समुद्रमा किन कुनै माछा छैन ?”
मालियाङले केही बिन्दुहरू थपि दियो । तुरुन्तै माछाहरू देखा परे । जब ती माछाहरू टाढा जान लागे, बादशाहले भन्यो— “छिटो एउटा डुङ्गा लेख । त्यसमाथि बसेर माछा हेर्न म समुद्रमा जान चाहन्छु ।”
मालियाङले एउटा ठूलो डुङ्गा लेख्यो, त्यसमा बादशाह, रानी, राजकुमारीहरू र धेरै मन्त्रीहरू बसे । त्यसपछि उसले केही रेखाहरू लेखेर बतासको रेखा खिच्यो । समुद्रमा हलुका तरङ्ग देखा परे अनि डुङ्गा चल्यो ।
तर बादशाहलाई डुङ्गाको गति ढिलो लाग्यो र भन्यो— “बतास अलि कडा बनाऊ ।”
मालियाङले दुई–चार धर्साहरू कोरेको मात्र थियो । हावा जोडले चल्न थाल्यो, छालहरू निस्कन लागे । डुङ्गा समुदको बीचतिर जाँदै थियो ।
मालियाङले फेरि केही बढ्ता धर्साहरू तान्यो, समुद्र गर्जन लाग्यो, ठूला छालहरू उठे र डुङ्गा उल्टन लाग्यो ।
बमदशाह जोडले कराउन लाग्यो— “बतास बढी भो । भयो, भयो म भन्दै छु ।”
तर मालियाङले वास्ता गरेन । उसले जादुगरी बुरुस चलाउदै गयो, आँधी चर्किदै गयो । छालहरू जहाजको छतमा पनि पसे । बादशाह निथ्रुक्क भिज्यो । मस्तुल बेसरी समाएर मालियाङलाई मुक्का देखाउँदै ऊ जोरसित कराईरह्यो ।
मालियाङले चाहीँ नसुनेजस्तो गरिरह्यो, बतासको धर्साहरू खिच्दै गयो । ठूलो तुफान आयो । डुङ्गा पल्टेर चकनाचूर भयो । बादशाह र उसका मन्त्रीहरू समुद्रमा डुबे ।
बादशाह मरिसकेपछि मालियाङ र उसको जादुगरी बुरुसको कथा जताततै फैलियो । तर मालियाङलाई के भयो ? कसैले निश्चयपूर्वक केही भन्न सकेनन् ।
कोही भन्छ कि ऊ आफ्नो गाँउमा फर्केर आफ्ना किसान साथीहरूसित बस्न गयो ।
अरुहरू भन्दछन्— ऊ पृथ्वीमा अन्यत्र घुम्न गयो र ऊ जहाँ गए पनि उसले गरिबहरूको निम्ति लेख्यो ।
साभार— चिनियाँ लोककथा

Wednesday, January 20, 2016
(किरात लोककथा) आगो र पानी
आगो र पानी
संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई
तागेरा निङवाफुमाङले सम्पूर्ण प्राणीहरूको भलाईका लागि आगो र पानीको सृष्टि गरे । एकदिन आगो र पानीको बीचमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो ।
आगोले पानीलाई भन्यो— “तँभन्दा म ठूलो हुँ, किनभने म संसारलाई डढाउन सक्छु । तेरोभन्दा मेरो शक्ति ठूलो छ ।”
पानीले पनि आगोलाई भन्यो— “तँभन्दा म ठूलो हुँ , किनभने म संसारलाई डुबाउन सक्छु । तँलाई समेत निभाउन सक्छु ।”
त्यसपछि फेरि आगोले पानीलाई भन्यो— “तँ बढि के कुरा गर्छस् ? मेरो बाबु सूर्य हो, उसलाई भनेर खडेरी पारी दिन्छु । तेरो मुहान नै सुकाइदिन्छु । समुद्र पनि सुकाइ दिन्छु ।”
यसरी वादविवाद चलेपछि पानीलाई आगोसित साह्रै रिस उठ्यो र आगोलाई एकै छाक बनाइदिन्छु भन्दै लखेट्न थाल्यो । आगो भाग्दै गयो , पानीले लखेट्दै गयो । अन्तमा आगोले दलसिङ ढुङ्गाको छेउमा पुगेर भन्यो— “पानीले मलाई लखेट्दै छ र मलाई मार्न आँट्यो । तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाई मेरो ज्यान बचाईदेऊ । त्यसवापत म तिमीलाई वरदान दिन्छु ।”
दलसिङ ढुङ्गाले आगोलाई सोध्यो— “ के वरदान दिन्छौ ?”
आगोले दलसिङ ढुङ्गालाई जवाफ दियो— “तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाएर मेरो ज्यान बचाई दियौ भने म तिमीलाई तीनवटा वरदान दिनेछु । पहिलो वरदान तिमी पृथ्वीमा आगोको माउ भई रहनेछौ । चकमक वा फलामको टुक्रा तिमीसित जुधाएमा वा ठोकाएमा आगोको झिल्का निकाल्न सक्नेछौ । दोस्रो वरदान नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर हानेमा बोक्सी डायनीहरूलाई भगाउन सक्नेछ । तेस्रो वरदान प्रेतात्माहरूलाई नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर हानेमा ती प्रेतात्माहरूलाई भगाउन सक्नेछ ।”
यस्ता वरदान पाउने भएपछि दलसिङ ढुङ्गाले आगोलाई आफ्नो शरीरभित्र नदेखिने गरी लुकायो । आगोलाई लखेट्दै आएको पानी त्यहाँ आईपुग्यो तर आगोलाई देखेन । त्यसपछि पानी दलसिङ ढुङ्गालाई छोप्दै बगेर गयो । पानीले आगोलाई भेटाउन सकेन र आगो बाँच्यो ।
त्यसरी दलसिङ ढुङ्गाले आगोलाई बचाएकोले वरदान पायो । आज भोलि पनि मानिसहरूआगो चाहिएको बेला चकमक र दलसिङ ढुङ्गा जुधाएर आगो पार्छन् । नाकझोङ, धामी, येवा, बिजुवाले दलसिङ ढुङ्गा हातमा लिई मन्तरेर बोक्सी डायनीहरू, प्रेतात्माहरूलाई हान्ने गर्छन् ।
***
रारा ताल

Sunday, January 17, 2016
Saturday, January 16, 2016
(किरात लोककथा) माङदुङलेङमा
किरात लोककथा
माङदुङलेङमा
संकलन — वर्तमान
संक्षेपिकरण— सरण राई
माङदुङलेङमा
संकलन — वर्तमान
संक्षेपिकरण— सरण राई
उहिले किरात वस्तीमा एकजना जालाहारी बस्थ्यो । माछा मार्नु अनि बजारमा
माछा बेचेर जीवन गुजारा गर्नु उसको पेशा थियो । ऊ दयालु भएकोले
छरछिमेकीहरूलाई माछा बाड्थ्यो । सबैसँग राम्रो व्यवहार गर्ने हुनाले उसलाई
सबैले मन पराउथे । तर त्यसको ठीक विपरित उसकी स्वास्नी टुमाउटी, झगडालु,
कुरौटी र चिच्चा थिई । कहिले कसैलाई केही पनि दिन्नथि । उसको यस्तो
बानीबेहोराले उसले सबैलाई शत्रु बनाएकी थिई ।
रातदिन खोलामा माछा मारीरहने हुँदा आफ्नी स्वास्नीको यस्तो बानीबेहोरा जालाहारीलाई थाहा थिएन । ऊ बजार जान नसकेको दिन उसकी स्वास्नी बजार जान्थी । नबिकेको माछा बाड्नुको सट्टा कुहाएर सुँगुर र कुख्रालाई दिन्थी ।
रातदिन पानीमा भिजेर कडा काम परिश्रमले गर्दा जालाहारी बिरामी भयो । बिरामी भएको थाहा पाएर छिमेक र गाउँलेहरू उसलाई भेट्न आए । तर उसकी पत्नीले आँगनबाटै सबैलाई फर्काउथी । अब गाउँलेहरू भेट्न आउँन छाडे । जालाहारीको मृत्यु भयो ।
जलाहारीको मृत्यु भएको गाँउलेहरूले थाहा पाए तर कोही मलामी आएनन् । जालाहारीकी स्वास्नी रुनकराउन थाली तर गुहार माग्न जान सकिन । गाउँलेहरू आज आउलान्, भोलि आउलान् भन्दाभन्दै लास कुहिन थाल्यो । स्वास्नीले लासलाई डोको र जालले छोपी । (लास कुहेर त्यहाँ च्याउँ उम्रियोभने उसको आत्मा माङदुङलेङमा भएर रह्यो । आजभोलि पनि त्यस खाले च्याउँ पाइन्छ जुन च्याउँ डोको र जालले छोपिएकोजस्तो हुन्छ ।)
आफ्नो लास उठाउन कोही आउँछ कि भनेर माङदुङलेङमा
लेङ लेङ लेङ... गर्दै कराउँन थाल्यो । तर कोही नआएपछि माङदुङलेङमा
कराउँदाकराउँँदै जङ्गल पस्यो, जङ्गलमा पनि कराउन छाडेन ।
माङदुङलेङमा कराउँदाकराउँदै आफ्नो लास उठाउन कोही आउँछ कि भनेर बीच बीचमा अडिएको हो भनिन्छ । यो किरा साउन–भदौतिर कराउँनु र कराउँदाकराउँदै रोकिनुप्रति किरातहरू यही कुरालाई विश्वास गरेर कथा भन्ने गर्छन् ।
२०७२ माघ ३, धरान
साभार— हेछाकुप्पा (किरात लोककथा) , नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान (२०५७)
http://pyaarosansaar.blogspot.com/
रातदिन खोलामा माछा मारीरहने हुँदा आफ्नी स्वास्नीको यस्तो बानीबेहोरा जालाहारीलाई थाहा थिएन । ऊ बजार जान नसकेको दिन उसकी स्वास्नी बजार जान्थी । नबिकेको माछा बाड्नुको सट्टा कुहाएर सुँगुर र कुख्रालाई दिन्थी ।
रातदिन पानीमा भिजेर कडा काम परिश्रमले गर्दा जालाहारी बिरामी भयो । बिरामी भएको थाहा पाएर छिमेक र गाउँलेहरू उसलाई भेट्न आए । तर उसकी पत्नीले आँगनबाटै सबैलाई फर्काउथी । अब गाउँलेहरू भेट्न आउँन छाडे । जालाहारीको मृत्यु भयो ।
जलाहारीको मृत्यु भएको गाँउलेहरूले थाहा पाए तर कोही मलामी आएनन् । जालाहारीकी स्वास्नी रुनकराउन थाली तर गुहार माग्न जान सकिन । गाउँलेहरू आज आउलान्, भोलि आउलान् भन्दाभन्दै लास कुहिन थाल्यो । स्वास्नीले लासलाई डोको र जालले छोपी । (लास कुहेर त्यहाँ च्याउँ उम्रियोभने उसको आत्मा माङदुङलेङमा भएर रह्यो । आजभोलि पनि त्यस खाले च्याउँ पाइन्छ जुन च्याउँ डोको र जालले छोपिएकोजस्तो हुन्छ ।)
माङदुङलेङमा कराउँदाकराउँदै आफ्नो लास उठाउन कोही आउँछ कि भनेर बीच बीचमा अडिएको हो भनिन्छ । यो किरा साउन–भदौतिर कराउँनु र कराउँदाकराउँदै रोकिनुप्रति किरातहरू यही कुरालाई विश्वास गरेर कथा भन्ने गर्छन् ।
२०७२ माघ ३, धरान
साभार— हेछाकुप्पा (किरात लोककथा) , नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान (२०५७)
http://pyaarosansaar.blogspot.com/
Friday, January 1, 2016
(किरात लोककथा) ठूब्यूमा चरी
किरात लोककथा
ठूब्यूमा चरी
संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई
उहिले माझकिराँतमा ठूब्यूमा नाम गरेकि अत्यन्त राम्री तरुनी थिइन् । तिनको एकजना युवकसँग विवाह भयो । त्यो युवकको सातजना दाजु भाई थिए र विवाहपछि ठूब्यूमाको सातजना जेठानी–देउरानी भए ।
ती सातजना जेठानी–देउरानीका एक एकवटा छोरी थिए भने ठूब्यूमाको चाहीँ छोरा जन्मेको थियो । त्यसैले जेठानी–देउरानीहरू ठूब्यूमाको छोराप्रति साह्रै ईष्र्या र रिस गर्दथे ।
एकदिन ठूब्यूमाको जेठानी–देउरानीहरूले सल्लाह गरेर ठूब्यूमालाई भने “नानीको आमा भएकोले हामी सफा सुग्घर भएर बस्न पाउँदैनौँ , सधैं फोहोरी देखिन्छौँ । त्यसकारण दिसा पिसाब फोहोर मैला गर्ने नानीहरूलाई खोलामा बगाई दिऊँ । अनि हामी सबै सफा सुग्घरसँग बसौँ ।’’
जेठानी–देउरानीहरूको कुरामा ठूब्यूमाले पनि सही थापिन् । एकदिन ठूब्यूमा र तिनका सातजना जेठानी–देउरानीहरू आ–आफ्ना नानीहरू बगाउन खोलामा गए । ठूब्यूमाले आफ्नो नानीलाई गुन्द्रीमा बेरेर लगिन् र खोलामा बगाइन् । तिनका सातजना जेठानी–देउरानीहरूले भने थाङ्नाको बालक बनाई गुन्द्रीमा बेरेर लगेका थिए र त्यसलाई बगाए । त्यसबेला ठूब्यूमाले जेठानी–देउरानीहरूले कपट गरेको कुरा थाहा पाउँन सकिनन् ।
घर फर्केर आएपछि हेर्दा ठूब्यूमाले आफ्ना जेठानी–देउरानीहरूका नानीहरू कोक्रोमा खेलिरहेका देखिन् । आफ्नो छोरालाई खोलामा बगाएकोमा ठूब्यूमालाई ठूलो पश्चात्ताप भयो र “सिब्यू ! सिब्यू ! सिब्यू ! (नानी ! नानी ! नानी ! )’’ भन्दै रुँदै हिड्न थालिन् ।
ठूब्यूमाले बगाएको छोरालाई खोलाले बगाएर एउटा ठूलो दहमा पु¥यायो र धेरै दिनसम्म त्यही डुबि रह्यो । दहका पानी सङलो थियो । ठूब्यूमा प्रत्येक दिन आफ्नो छोरा हेर्न त्यस दहमा जान्थिन् र धेरै बेरसम्म छोरालाई हेर्थिन् । फर्कदा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै आउथिन् ।
यसरी धेरै दिन बितेपछि वर्ष लाग्यो र पानी प¥यो । ठूलो बाढी आयो र ठूब्यूमाको छोरालाई बाढीले बगाइ लग्यो । भोलिपल्ट पानी धमिलो भएको र छोरालाई समेत बाढीले बगाइ सकेकोले आफ्नो छोरालाई ठूब्यूमाले देख्न पाइनन् । यसरी आफ्नो छोरालाई नदेखेपछि ठूब्यूमा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै कराउँदै घर फर्किन् र त्यही रात प्राण त्यागिन् ।
अर्को जन्ममा ठूब्यूमा चरी भएर जन्मिन् । आजभोलि पनि जब जब पानी पर्छ र बाढीले खोला धमिलो हुन्छ त्यो चरी “सिब्यू चुक चुक ( नानी छोरा ज्याहै ज्याहै)’’ भन्दै कराउँछे । यसरी आज पनि त्यो चरी कराउँदा नानीहरूको सातो जान्छ भन्ने माझकिराँतमा विश्वास गरिन्छ । त्यसैले ठूब्यूमा चरीलाई ‘सातो बोक्ने चरी’ भन्ने प्रचलन आज पनि रहेको छ ।
साभार— किराँती लोककथा सँगालो
२०७२ पौष १७ (जनवरी १ , १०१६)
ठूब्यूमा चरी
संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई
उहिले माझकिराँतमा ठूब्यूमा नाम गरेकि अत्यन्त राम्री तरुनी थिइन् । तिनको एकजना युवकसँग विवाह भयो । त्यो युवकको सातजना दाजु भाई थिए र विवाहपछि ठूब्यूमाको सातजना जेठानी–देउरानी भए ।
ती सातजना जेठानी–देउरानीका एक एकवटा छोरी थिए भने ठूब्यूमाको चाहीँ छोरा जन्मेको थियो । त्यसैले जेठानी–देउरानीहरू ठूब्यूमाको छोराप्रति साह्रै ईष्र्या र रिस गर्दथे ।
एकदिन ठूब्यूमाको जेठानी–देउरानीहरूले सल्लाह गरेर ठूब्यूमालाई भने “नानीको आमा भएकोले हामी सफा सुग्घर भएर बस्न पाउँदैनौँ , सधैं फोहोरी देखिन्छौँ । त्यसकारण दिसा पिसाब फोहोर मैला गर्ने नानीहरूलाई खोलामा बगाई दिऊँ । अनि हामी सबै सफा सुग्घरसँग बसौँ ।’’
जेठानी–देउरानीहरूको कुरामा ठूब्यूमाले पनि सही थापिन् । एकदिन ठूब्यूमा र तिनका सातजना जेठानी–देउरानीहरू आ–आफ्ना नानीहरू बगाउन खोलामा गए । ठूब्यूमाले आफ्नो नानीलाई गुन्द्रीमा बेरेर लगिन् र खोलामा बगाइन् । तिनका सातजना जेठानी–देउरानीहरूले भने थाङ्नाको बालक बनाई गुन्द्रीमा बेरेर लगेका थिए र त्यसलाई बगाए । त्यसबेला ठूब्यूमाले जेठानी–देउरानीहरूले कपट गरेको कुरा थाहा पाउँन सकिनन् ।
घर फर्केर आएपछि हेर्दा ठूब्यूमाले आफ्ना जेठानी–देउरानीहरूका नानीहरू कोक्रोमा खेलिरहेका देखिन् । आफ्नो छोरालाई खोलामा बगाएकोमा ठूब्यूमालाई ठूलो पश्चात्ताप भयो र “सिब्यू ! सिब्यू ! सिब्यू ! (नानी ! नानी ! नानी ! )’’ भन्दै रुँदै हिड्न थालिन् ।
ठूब्यूमाले बगाएको छोरालाई खोलाले बगाएर एउटा ठूलो दहमा पु¥यायो र धेरै दिनसम्म त्यही डुबि रह्यो । दहका पानी सङलो थियो । ठूब्यूमा प्रत्येक दिन आफ्नो छोरा हेर्न त्यस दहमा जान्थिन् र धेरै बेरसम्म छोरालाई हेर्थिन् । फर्कदा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै आउथिन् ।
यसरी धेरै दिन बितेपछि वर्ष लाग्यो र पानी प¥यो । ठूलो बाढी आयो र ठूब्यूमाको छोरालाई बाढीले बगाइ लग्यो । भोलिपल्ट पानी धमिलो भएको र छोरालाई समेत बाढीले बगाइ सकेकोले आफ्नो छोरालाई ठूब्यूमाले देख्न पाइनन् । यसरी आफ्नो छोरालाई नदेखेपछि ठूब्यूमा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै कराउँदै घर फर्किन् र त्यही रात प्राण त्यागिन् ।
साभार— किराँती लोककथा सँगालो
२०७२ पौष १७ (जनवरी १ , १०१६)
Subscribe to:
Posts (Atom)